राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङले नीति तथा कार्यक्रम सुन्दा कर्णप्रीय छन्, मिठा शब्दजालहरू प्रशस्तै भएपनि मुलुकको आजको अवस्थालाई सम्बोधन नसक्ने बताएका छन्।
नीति तथा कार्यक्रम माथि शनिबार प्रतिनिधिसभामा बोल्दै तामाङले भने, ‘कहाँ पुग्ने, लक्ष्य र प्राथमितामा के हो भन्नेमा चरम अलमल र दुविधा रहेको यो कार्यक्रम सत्ता साझेदार दलका कार्यक्रमलाई समेट्दा उट बनेको छ।’
सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड रुपैयाँ पुगेको भन्दै तामाङले भने, ‘यस्तो अवस्थामा ऋण काढेर घिऊ खाने होइन, जीउ जोगाउने उपाय खोज्नुपर्छ।’ सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने जस्ता सुन्दा कर्णप्रीय कुराले सार्वजनिक खर्च कटौती नहुने उनले बताए। त्यसका लागि प्रदेश संरचना खारेज गर्न माग गरे।
नीति तथा कार्यक्रम बुढीगण्डकी जलविद्युत् आयोजना र सल्यानटारमा सिँचाइ सुविधा उपलब्ध गराउने कार्यक्रम समावेस गरिएको सरकारको प्रशंसा गरे। तर,यसलाई अघि बढाउने सरकारसँग ठोस मोडालिटी नहुँदा यो परियोजना आकाशको फल आँखातरी मर जस्तो हुने त होइन भन्न आशां व्यक्त गरेका छन्। ‘सल्यानटारमा सिँचाइ सुविधा पु¥याउन कुरा नीति तथा कार्यक्रममा मात्र होइन स्रोतको सुनिश्चितासहित बजेट निर्माण गर्न पनि सरकारको ध्याना जाओस्,’ उनले भने,‘कुनै योजना बिना दुई वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्ने कुरा फगत गफ मात्र हुन्।’
प्रकाशित: १३ जेष्ठ २०८० १३:३२ शनिबार