१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

३० जना विरुद्ध अनुसन्धान गर्न अख्तियार र शुद्धीकरणलाई पत्राचार गर्ने निर्णय

नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनाविरुद्ध अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पनि पत्र लेख्ने निर्णय भएको छ। 

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कर्मचारी र सार्वजनिक ओहोदामा रहेकाको हकमा अख्तियार र अन्यको हकमा सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धान गर्न पत्राचार गर्ने निर्णय गरेको हो। 

अभियोगपत्रमा प्रतिवादीहरू छुटेको अवस्थामा प्रहरीको जिम्मा लगाउन माग गरिएको छ। प्रतिवादीको सम्पत्ति र राहदानी पनि रोक्का राख्न माग गरिएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंकबहादुर गुरुङ, इन्द्रजित राई, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, बालकृष्ण खाण, आङ्टावा शेर्पा, शमशेर मिया, टेकनाथ रिजालविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको छ। 

त्यस्तै पक्राउ पुर्जी जारी भएपछि फरार भएका लक्ष्मी महर्जन, केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धीरेन राई, दीपा हुमागार्इं, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बू, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतीक थापाविरुद्ध पनि अभियोगपत्र दायर गरिएको छ।

प्रकाशित: ११ जेष्ठ २०८० १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App