१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

अदालतमा विचाराधिन विषय संसदमा उठाइनुहुन्नः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा विचाराधिन विषयलाई संसदमा उठाएको भन्दै काँगेस सांसद अजय चौरसियाको बिरोध गरेका छन्।

बुधवार प्रतिनिधि सभाको दोस्रो बैठकमा काँग्रेस सांसद चौरशियाले लामिछानेको नागरिकतासम्बन्धि विवादबारे बोलेका थिए। सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरे।

अदालतमा विचाराधिन विषयलाई संसदमा उठाउन नपाउने भएकाले त्यसलाई संसदको रेकर्डबाट हटाउनुपर्ने सभापति लामिछानेले भनाई थियो। उनले सो प्रकरणको सम्पूर्ण कागजपत्र आफूले सर्वोच्च अदालत र सरकार दुवैलाई उपलब्ध गराएको पनि उल्लेख गरे। उनले अदालतमा विचाराधिन विषयलाई हल्लाको भरमा संसदमा नबोल्न पनि सांसद चौरसियालाई सचेत गराए।

सांसद चौरसियाले लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस नगरी पुनः नागरिकता लिने काम गरेको जिकिर गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले त्यस विषयमा थप कुरा नगर्न सांसद चौरसियालाई सचेत गराएका थिए।

प्रकाशित: १० जेष्ठ २०८० १४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App