२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले सभामा हजारौं सहभागी, बिथोल्ने प्रयास गर्दै मोर्चाद्वारा बसमा आगजनी

नेपालगञ्जको सभाका सहभागी।

नेपालगन्ज— एमालेको मेची-महाकाली अभियान बिथोल्ने प्रयासस्वरुप अायोजना गरिएको बन्दका क्रममा बाँकेको उढरापुरमा एउटा यात्रुबाहक बसमा आगजनी भएको छ। बर्दियाबाट दाङको तुलसीपुरतर्फ जादै गरेको भे १ ख २०४२ नम्बरको बसमा मंगलबार बिहान बन्दकर्ताले आगजनी गरेका हुन्। बन्द अवज्ञा गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले बसमा आगजनी गरेर भागेको बसका चालकले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक एसपी टेकप्रसाद राईले आगजनीबाट बसको केही सिटहरु जलेको बताए। ‘बसमा यात्रुहरु थिएनन्, त्यसकारण बसमा ठुलो क्षति हुन पाएन,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक एसपी टेकप्रसाद राईले आगजनीबाट बसको केही सिटहरु जलेको बताए। ‘बसमा यात्रुहरु थिएनन्, त्यसकारण बसमा ठुलो क्षति हुन पाएन,’ उनले भने । उक्त बस अहिले बाँके र बर्दियाको सिमास्थित मानखोलामा सुरक्षार्थ सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको एसपी राईले जानकारी दिए।

नेकपा एमालेले मेची–महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगन्जमा सभा गरिरहेको छ। सभामा हजारौंको जनसहभागिता छ।

एमालेको सभा बिथोल्ने उद्देश्यले मधेसी मोर्चाले बन्द आह्वान गरेको हो। बन्दका कारण बजार, शिक्षण संस्था, लामो तथा छोटो दुरीका सवारी साधन ठप्प भएको प्रहरीले जनाएको छ।

मोर्चाको बन्द र एमालेको सभालाई मध्यनजर गर्दै नेपालगन्जमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। एमालेको सभा नेपालगन्जको कारकाँदोस्थित सडक डिभिजन कार्यालय परिसरमा चलिरहेको छ। सभामा एमाले अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायत शिर्ष नेताहरु सहभागी छन्।

नेपालगञ्जको सभाका सहभागी।
नेपालगञ्जको सभाका सहभागी।
नेपालगञ्जको सभाका सहभागी।
नेपालगञ्जको सभाका सहभागी।
नेपालगञ्जको सभाका सहभागी।
नेपालगञ्जको सभाका सहभागी।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App