२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

संघीय गठबन्धनले राजधानीमा विरोध प्रदर्शन गर्दै

काठमाडौं- संघीयता, पहिचान र अधिकारका लागी आन्दोलनरत संघीय गठबन्धनले आज राजधानीमा विरोध प्रदर्शन गर्दैछ। सप्तरी घटनाको विरोधमा गठबन्धनले विरोध प्रदर्शन गर्न लागेको हो।

आदिवासी जनजाति र मधेशी मोर्चासहित २८ दलीय गठबन्धनको आह्वानमा भृकुटिमण्डपमा दिउसो १२ बजे भेला भई ब्यानर र प्ले कार्डसहितको विरोध र्‍याली माइतीघर मण्डला पुगेर सभामा परिणत हुनेछ। विरोध र्‍यालीमा विभिन्न राजनीतिक दल, नागरिक समाज, बिद्धिजीवी वर्गलाई उल्लेख्य सहभागिताका लागि आह्वान गरिएको छ।

मंगलबारको गठबन्धन बैठकले सप्तरी घटनाको विरोधमा काठमाडौंसहित देशब्यापी सबै जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।

२६ बुँदे माग राखेर गठबन्धनले परिमार्जनसहित संबिधान संशोधन हुनु पर्ने, सीमांकन हेरफेर गर्नु पर्ने, स्थानीय तहको प्रतिवेदन खारेज हुनुपर्ने, स्थानीय निकायको चुनाव फिर्ता लगायत माग गर्दै आएको छ।

प्रकाशित: २६ फाल्गुन २०७३ ०५:४९ बिहीबार

संघीय गठबन्धनले राजधानीमा विरोध प्रदर्शन गर्दै