२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सप्तरी घटनापछि कमाण्ड सेन्टरमा सुरक्षा प्रमुखको आकस्मिक बैठक

कठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालमा तीनै सुरक्षा निकायका प्रमुखसहितको बैठक बसिरहेको छ। 
सप्तरी घटनाका विषयमा छलफलका लागि नक्सालमा रहेको कमाण्ड सेन्टरमा आकस्मिक बैठक बसेको हो। 
गृह प्रबक्ता सहसचिव बालकृष्ण पन्थीका अनुसार एमालेको मेची–महाकाली अभियानको सुरक्षाका लागि स्थापना भएको कमाण्ड सेन्टरको बैठक भइरहेको हो। 

कमाण्ड सेन्टरमा नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख छलफलमा जुटेका छन्। 

‘सप्तरी घटनाको समीक्षा र नेताहरुको सुरक्षाका विषयमा छलफल भइरहेको छ,’ पन्थीले भने, ‘केही निर्णय हुनासाथ सार्वजनिक गर्ने छौं।’

गृह सचिव लोकदर्शन रेग्मी र गृहका अर्का वरिष्ठ सहसचिव यादव कोइराला देशबाहिर छन्। यस्तै, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसमेत कैलालीमा रहेका कारण कमाण्ड सेन्टरमा रहेका अधिकारीहरु निर्णयमा पुग्न सकिरहेका छैनन्।   
 

प्रकाशित: २३ फाल्गुन २०७३ १४:३७ सोमबार

सप्तरी घटनापछि कमाण्ड सेन्टरमा सुरक्षा प्रमुखको आकस्मिक बैठक