१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संविधान कार्यान्वयन गर्न नदिनेसँग सामना गर्न तयार छौ: एमाले नेता

इटहरी- एमालेका नेताले संविधान कार्यान्वयन गर्न नदिने शक्तिसँग जस्तोसुकै  सामना गर्न तयार रहेको बताएका छन्।

पार्टीलाई ‘मधेस बिरोधी’ भन्दै भ्रम फिजाएपछि त्यसलाई चिर्नका लागि सुरु गरिएको मेची–महाकाली राष्ट्रिय अभियानको तेस्रो दिन सोमबार सुनसरीको सदरमुकाम इनरुवा आयोजित कोणसभामा एमालेका नेताले संविधान च्यात्ने र अस्थीरता निम्त्याउनेसँग सामना गर्न तयार रहेको बताएका हुन्।

एमालेका नेता लालबाबु पण्डितले तराई–मधेसबाट जनताको मन जितेर आफ्नो कुरा लागु गर्न मधेसी मोर्चालाई चुनौती दिए । ‘एमालेले तराई–मधेसका जनताको मन जित्छ अनि आफ्नो कुरा लागु गर्छ। तपाईहरु (मधेसी मोर्चा ) ले पनि जनताको मन जित्नुहोस् अनि आफ्नो कुरा लागु गर्नुहोस्,’ पण्डितले भने।

उनले चुनाबलाई अबरोध पुर्‍याउनेलाई नेपाली जनताले पाखा लगाउने चेतावनी दिए। इनरुवामा भएको कोणसभालाई सम्बोधन गर्दै बैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरीले संविधान कार्यान्वयन हुन नदिने शक्तिप्रति जनता सावधान हुनुपर्ने बताइन्।

एमालेले अभियानका क्रममा सुनसरीकै लौकहीमा राखिएको कोणसभा स्थगित गर्‍यो। मोर्चाका कार्यकर्ताले कोणसभामा अवरोध पुर्‍याउन सक्ने खतरा बढेपछि स्थगित गरिएको जानकारी दिइयो । लौकहीमा मधेसी मोर्चाका कार्यकर्ताले कालो झन्डा प्रदर्शन गरे । इनरुवामा पनि मोर्चाका कार्यकर्ताले साइडबाट कालो झन्डा देखाएका थिए ।

अभियानका क्रममा झुम्कामा भएको कोणसभालाई एमालेका नेता शंकर पोखरेलले सम्बोधन गरेका थिए। एमालेले शनिबार काकडभिट्टाबाट सुरु गरेको १५ दिने अभियानमा सहभागी अहिले सुनसरी पार गरेर अहिले सप्तरी पुगेका छन् ।

प्रकाशित: २३ फाल्गुन २०७३ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App