१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जनअपेक्षा अनुसार अगामी वर्षको बजेट ल्याउँछौँ: अर्थमन्त्री यादव

मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले अगामी वर्षको नीति तथा कार्यक्रम जनअपेक्षा अनुसार ल्याउने बताएका छन्।

बुधबार अर्थ मन्त्रालय द्वारा आयोजित आर्थिक वर्ष २०८०/८१ पूर्व बजेट सम्बन्धी विज्ञ एवम् सरोकारवालाहरूसँग छलफल कार्यक्रममा मन्त्री यादवले अगामी आर्थिक वर्षको बजेट जनताले चाहे अनुसारकै ल्याउन लागेको बताएका हुन्।

सोही अनुरूप नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकारले तयारी गरेको अर्थमन्त्री यादवले बताए।

उनले भने 'प्रदेश सरकारसँग जनताका धेरै अपेक्षाहरू छन्, हामीले जनताले चाहेको कुरा नै पूरा गर्नुपर्छ। मधेस प्रदेशको जनताको प्राथमिकता रहेको विषयलाई मध्यनजर गरेर बजेट ल्याउनु हाम्रो दायित्व हो।'

प्रदेश सरकारसँग स्रोत साधनका अभाव रहे पनि जनताको अपेक्षा बढी रहेको भन्दै उनले यस वर्षको बजेटमा जनताको समस्यालाई मुख्य प्राथमिकतामा राख्ने बताए।

आगामी आर्थिक वर्षको बजेट निर्माणको काम सुरु भइसकेको र सरकारले नीतिगत फड्कोलाई केन्द्रमा राख्दै वास्तविकतामा आधारित बजेट ल्याउने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी सांसद र प्रतिनिधिहरूले बजेटमा अनावश्यक कुराहरू समेटिनु भन्दा पनि खर्च दर बढाउन सुझाव दिएका थिए।

प्रकाशित: ३ जेष्ठ २०८० १६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App