५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

पाेलियो अवरोध गर्ने ३ जिल्ला प्रमुखसहित १८ स्वास्थ्यकर्मीको निलम्बन (नामावलीसहित)

काठमाडौं— स्वास्थ्य मन्त्रालयले पोलियो थोपा अभियान अवरुद्ध गरेको अभियोगमा तीन जिल्ला स्वास्थ्य प्रमुख सहित १८ जनालाई आइतबार निलम्बन गरेको छ। निलम्बनमा पर्नेमा सिरहा, सप्तरी र धनुषाका प्रमुखहरु क्रमशः दयाशंकर लाल कर्ण, नागेन्द्र चौधरी र सच्चितानन्द देव छन्।

निलम्बनमा पर्नेमा सिरहा, सप्तरी र धनुषाका प्रमुखहरु क्रमशः दयाशंकर लाल कर्ण, नागेन्द्र चौधरी र सच्चितानन्द देव छन्।

सरकारले सञ्चालन गरेको अत्यावश्यकीय र सम्वेदनशील पोलियो खोप कार्यक्रममा अवरोध गरेको, स्वास्थ्य कार्यालयहरुमा तालाबन्दी गरेर सेवा प्रवाह रोकेको, पदीय जिम्मेवारीअनुसार काम नगरेको र सामाजिक सञ्जालमार्फत् उत्तेजनात्मक अभिव्यक्ति दिएर उच्छृङ्खल गतिविधिलाई प्रोत्साहन गरेको भन्दै मन्त्रालयले निलम्बन गरेको हो।
निलम्बित कर्मचारीलाई तीन दिनभित्र प्रष्टिकरण पेश गर्न भनेको छ।

‘स्वास्थ्य सेवा ऐन तथा नियमावलीअनुसार निलम्बन गरेको हो’, स्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले भने, ‘पोलियो थोपाजस्तो सम्वेदनशील विषयलाई गैरजिम्मेवारीपूर्ण अवरुद्ध गर्ने कर्मचारीलाई कानुन बमोजिम कारवाही दायरामा ल्याउने क्रम सुरु गरिएको हो।’

निलम्बनमा पर्ने स्वास्थ्यकर्मी
१. सिराहाका प्रमुख दयशंकार लाल कर्ण (प्रमुख सिराहा)
२. नागेन्द्र चौधरी (निमित्त प्रमुख सप्तरी)
३. सच्चितानन्द देव (निमित्त प्रमुख धनुषा)

निलम्बित अन्य स्वास्थ्यकर्मी
१. छेदीप्रसाद (तथ्यांक अधिकृत, सप्तरी)
२. राजकुमार थापा (कोल्ड चेन सहायक पाँचौं)
३. सुरेन्द्रराज जोशी अहेब (कपिलवस्तु)
४. विष्णुबहादुर क्षेत्री (कपिलवस्तु)
५. वीरेन्द्रकुमार मिश्र (कपिलवस्तु)
६. पृथ्वीचन्द्र भगत (सुनसरी)
७. महेश पोखरेल (सुनसरी)
८. अनिलकुमार पाण्डे (पर्सा)
९. राजेशप्रसाद रौनियार (पर्सा)
१०. शेषराज दाहाल (भक्तपुर)
११. देवनारायण साहू (सुनसरी)
१२. टोपबहादुर थापा (अहेब काठमाडौं)
१३. वासुदेव पोखरेल (सल्यान)
१४. रमेश कार्की (मोरङ)
१५. सञ्जय कुमार काफ्ले (मोरङ)
 

प्रकाशित: २२ फाल्गुन २०७३ १४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App