९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

नक्कली शरणार्थी प्रकरणमा संलग्नहरुको नाम किन ‘स्टलमेन्ट’मा आइरहेको छः सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरुको नाम स्टलमेन्ट (किस्ता)मा ल्याएर उनीहरुलाई प्रमाणहरु नष्ट गर्ने समय दिइएको आरोप लगाएका छन्।

‘नक्कली शरणार्थी प्रकरणमा संलग्नहरुको नाम किन स्टलमेन्टमा आइरहेको छ? उनीहरुलाई आफ्नो मोबाइल फर्म्याट गर्ने र लुक्ने समय दिइदैछ। समाचारहरु सुल्झाउने र योजनावद्घ रुपमा सार्वजनिक हुने मौकाहरु पाइरहेका छन्। केही नेता लेक्दै छन भन्ने पनि सुनिएको छ । यस्तो किन भइरहेको छ?’, उनले सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रश्न गरे।

सांसद झाले भने, ‘तीन दलका शिर्ष नेताहरु पटकपटक भेटिरहेको हामीहरु सुन्छौं। विपद परेका बेला त नेताहरु यति तारन्तर भेटिरहको सुनिदैन थियो। अहिले किन यसमा आकर्षण देखिएको हो?’

उनले यस प्रकरणमा मुछिएकाहरुको नाम ‘स्टलमेन्ट’मा नल्याइ प्याकेजमा कारबाही गर्न माग राखेका छन्। ‘यदि हाम्रो आवाज सुनिदैन भने हामी अरु देशमा जस्तो आन्दोलन गर्न तयार छौं। यसलाई गम्भिरतापूर्वक लिइएन भने हामी लामो आन्दोलनका लागि तयार छौ’, सांसद झाले भने।

प्रकाशित: १ जेष्ठ २०८० ०८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App