११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनाव अगाडि संविधान संशोधन हुनुपर्छ : कांग्रेस नेता चाैधरी

काठमाडाैं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले स्थानीय निकायको चुनाव अगाडि संविधान संशोधन हुनुपर्ने बताएका छन्। अहिले थारु, मधेसी, जनजाति, मुस्लिमलगायतका समुदाय आन्दोलन गरिहेको भन्दै सत्तापक्षीय नेता चौधरीले संविधान संशोधनलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले राज्य पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनमा आफ्नो विरोध रहेको बताए। उनले आयोगले स्थानीय नेता, बुद्धिजीवीसँग सल्लाहै नगरी प्रतिवेदन तयार पारेको भन्दै त्यसको विरोधी भएको प्रस्ट्याए। उनले खाक्रो राष्ट्रवादले राष्ट्रियता बलियो नहुने बताए । केही मान्छेमा थारु मधेसीलाई गाली गर्दैमा सँच्चा राष्ट्रवादी हुने भ्रम रहेको भन्दै त्यस्ता पाखण्डी राष्ट्रवादको पछाडि नलाग्न थारु मसुदायलाई आग्रह गरे।

थारु साँस्कृतिक संगत विकास मञ्चको चौथौ वार्षिक साधारण सभामा बोल्दै उनले थारुहरु एक ढिक्का नभएसम्म थारुको मुद्दा स्थापित हुन नसक्ने बताए। उनले अहिले थारुहरु कुनै पनि क्षेत्रमा पछाडि नरहेको भन्दै उनीहरुमा एकताको खाँचो रहेको औल्याएँ। ‘थारुहरु सबै क्षेत्रमा अब्बल छन्र। तर एकअर्कासँग मिल्न सक्दैनन्। हामी नमिलेसम्म हाम्रो अधिकार सुनिश्चत हुन सक्दैन,’ उनले भने।

उनले पहिलेका थारुले पढाइभन्दा खेतीबारीलाई प्राथमिकता दिएका कारण हाम्रो समुदाय पछाडि परेको बताए। तर अहिले त्यस्तो अवस्था नभएको उनकाे भनाइ थियाे। ‘हाम्रा पुर्खाले शिक्षाभन्दा खेतीबारीमा लाग्न प्रेरित गरे। छोरी मान्छेलाई त झन् शिक्षाबाटै टाढा राखे। तर अहिलेको समयमा शिक्षा सबैभन्दा ठूलो कुरा हो। अहिले हरेक गाउँमा हरेक घरका छोराछोरी शिक्षित छन्। अझ छोरीहरु छोराभन्दा बढी उच्च शिक्षा हासिल गरिरहेका छन्,’ उनले भने।

प्रकाशित: ८ फाल्गुन २०७३ १०:५४ आइतबार

चुनाव अगाडि संविधान संशोधन हुनुपर्छ कांग्रेस नेता चाैधरी