काठमाडौं—प्रधान सेनापति राजेन्द्र क्षत्रीले काठमाडौंको शंखरापुर नगरपालिका ४ लप्सिफेदीस्थित मैत्री सेवाश्रममा निर्मित दश कुटीहरुको उद्घाटन गरेका छन्।
नवनिर्मित दश कुुटीमध्ये अति विशिष्ट कुटी २ वटा, विशिष्ट कुटी ३ वटा र सामान्य कुटी ५ वटा छन्।
कुटीहरुको निर्माण नेपाली सेनाको सैनिक कल्याणकारी कोषको लगानी तथा जेपी प्रतिष्ठानको संयोजकत्वमा सैनिक सेवाबाट अवकास प्राप्त अधिकृत, पदिक तथा अन्य दर्जाका लागि निर्माण गरिएको हो।
नवनिर्मित दश कुटीमध्ये अति विशिष्ट कुटी २ वटा, विशिष्ट कुटी ३ वटा र सामान्य कुटी ५ वटा छन्।
कार्यक्रम दौरान उक्त प्रतिष्ठानका संस्थापक अध्यक्ष मित्रसेन दाहालले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली सेनाको सहकार्यमा परोपकारी कार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।
प्रधान सेनापति क्षत्रीले आश्रमले प्रदान गर्ने सेवा, मर्यादित र मानवीय समाज निर्माणमा कोशे ढुङ्गा साबित हुने जनाए। अहोरात्र राष्ट्र सेवकको रुपमा खटिई सेवा निवृत्त सैनिक हिताधिकारी बन्ने हुँदा सो सेवा आश्रम र नेपाली सेनाबीच आगामी दिन प्रगाढ सम्बन्ध रहने विश्वास व्यक्त गरे।
प्रकाशित: ४ फाल्गुन २०७३ १०:४५ बुधबार