१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संविधान संशोधनबिना मोर्चा चुनावमा भाग लिँदैनः अध्यक्ष भण्डारी

महोत्तरी– संविधान संशोधनबिना मधेसी मोर्चा कुनै पनि निर्वाचनमा भाग नलिने राष्ट्रिय मधेस समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीले बताएका छन्। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको समयमा अध्यक्ष भण्डारीले सो कुरा बताएका हुन्।

मङ्गलबार महोत्तरीको बेलगाछीमा झन्डा मेला उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले सदनमा पेस भएको संविधान संशोधन विधयेक अपूरो रहेकाले त्यसलाई परिमार्जन गरी पारित गरेमात्र आफू हरेक तहको निर्वाचनमा भाग लिन तयार रहेको बताए।

सरकारले हालै पारित गरेको स्थानीय तह पुनःसंरचना अव्यावहारिक र अवैज्ञानिक भएकाले आफूहरुलाई मान्य नभएको उनको भनाइ थियो ।

अध्यक्ष भण्डारीले सीमाङ्कनको विवाद समाधान गर्न स्थानीय स्तरमा आयोग गठन गर्न सरकारसँग माग गरे।

गौशाला नगरपालिका–७ का चन्देश्वर यादवले छोरा पाएको खुसीयालीमा दुई लाखको लागतमा महावीर झन्डा निर्माण गरी मेला लगाइएको छ। १०५ फिट लम्बाईको सो झन्डा रु दुई लाखको लागतमा निर्माण भएको मेला समितिका अध्यक्ष रामऔतार महतोले जानकारी दिए। रासस

प्रकाशित: १८ माघ २०७३ १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App