प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०८० अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रवि लामिछानेको जित सुनिश्चित भएको छ।
पछिल्लो मतपरिणाम अनुसार ७० हजार २ सय ३९ मत गनिएको छ। अब जम्मा ८ हजार मत गन्न बाँकी छ।
गनिएको मतमा लामिछाने र नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठको मतान्तर ४० हजार ८ ६४ रहेको छ।
श्रेष्ठले ९ हजार १ सय ६५ मत पाउँदा रविले ५० हजार २९ मत पाएका छन्। भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले मात्र ८ हजार ८ सय ७७ प्राप्त गरे।
प्रकाशित: १२ वैशाख २०८० ०५:४२ मंगलबार