१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

तनहुँ–१ उपनिर्वाचन: रास्वपाको अग्रता कायमै

तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ। जारी मतगणना अनुसार ५ः३० बजेसम्म ३७ हजार आठ सय ४१ मतगणना गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १९ हजार दुई सय ४९ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार दुई सय ७९ र नेकपा (एमाले) का सर्वेन्द्र खनालले छ हजार एक सय ५२ मत ल्याएका छन्।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो। कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ। ४२ वटामध्ये हालसम्म २६ वडाको मतगणना सकिएको छ।

प्रकाशित: ११ वैशाख २०८० १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App