४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बारा २ मा उपनिर्वाचन जारी

बारा २ मा उपनिर्वाचन अन्तर्गत बिहान ७ बजे देखि मतदान जारी रहेको छ। एक लाख पाँच हजार २ सय ४८ मतदाता रहेको बारा २ मा ८२ वटा मतदान स्थललाई एक सय ३७ मतदान केन्द्र बनाएर मतदानको व्यवस्था मिलाईएको बाराको प्रहरी प्रमुख होबिन्द्र बोगटीले बताएका छन् ।

बारा २ को उप निर्वाचनमा सत्तारूढ गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव ,जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुसवाहा ,नेकपा (एमाले)बाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेश खरेल र अजपाका उम्मेदवार अरुण कुमार ज्ञवाली लगायत ३४ जनाले उम्मेदवारी दिएका छन । 

प्रकाशित: १० वैशाख २०८० ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App