५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

तनहुँको विकासको जिम्मा हाम्रो भयो: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको विकासको जिम्मा आफूहरुले लिने बताएका छन्।

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आयोजित चुनावीसभामा सभापति देउवाले यस्तो बताएका हुन्।

वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका गोविन्द भट्टराईले प्रस्तुत गरेका सबै विकासका योजना आफूहरुले पूरा गर्ने उनकाे प्रतिबद्धता थियो। 

'तनहुँ ऐतिहासिक महत्व बोकेको जिल्ला हो, राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला पनि हो, गोविन्द भट्टराईलाई जिताउनुहोस्, उहाँ योग्य उम्मेदवार हो। उहाँले प्रस्तुत गरेका सबै विकासको कामको जिम्मा हाम्रो भयो', उनले भने।

तनहुँमा सुविधासम्पन्न अस्पताल र केन्द्रीय विश्वविद्यालय बनाउने भट्टराईको चाहना पूरा हुने सभापति देउवाले उल्लेख गरे।

प्रकाशित: ६ वैशाख २०८० १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App