१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले नभए पनि संशोधन पारित हुन्छः उपप्रधानमन्त्री निधि

वीरगन्ज-उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक संसदबाट पारित हुने दाबी गरेका छन्। नेपाल प्रेस युनियन पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले सकभर एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको बताए। संसदमा पेस भएको संविधान संशोधन विधेयक एमालेले समर्थन नगरेपनि दुई तिहाइ बहुमतले पारित हुने निधिले दाबी गरे ।

‘संशोधन विधेयकको पक्षमा दुई तिहाइ सांसद छन् । एमाले सहमत नभए पनि संविधान संशोधन हुन्छ,’ निधिले भने, ‘प्रमुख प्रतिपक्षी दल एमाले अहिले अत्यन्त गैरजिम्मेवार रुपमा प्रस्तुत भइरहेको छ, तापनि उसलाई संशोधनको पक्षमा ल्याउन सरकार प्रयासरत छ ।’

संबिधान संसोधनपछि मधेसी मोर्चा र संघीय गठबन्धनको सहमतिमा नै स्थानीय निकायको चुनावको मिति घोषणा गरिने निधिले बताए । ‘संशोधन विधेयक पारित गर्नका लागि हुने मतदानमा मोर्चा र गठबन्धनमा आबद्ध दलका सांसदहरुले संशोधन प्रस्तावको पक्षमा नै मतदान गर्नेछन्’ निधिले भने, ‘मधेसी मोर्चा र संघीय गठबन्धनको सहमति मै संसदमा संशोधन विधेयक पेश गरिएको हो ।’

प्रकाशित: ४ माघ २०७३ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App