२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्न स्थानीय विकासमन्त्रीको निर्देशन

काठमाडौँ- सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आज मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागको अनुगमन गरेका छन्।  

अनुगमनका क्रममा उनले चुस्तदुरुस्त रुपमा सेवा प्रदान गर्न कुनै कन्जुस्याइँ नगर्न विभागमा कार्यरत कर्मचारीलाई निर्देशन दिए। सरकारले समाजिक सुरक्षा भत्ता बापतको रकम समयमै निकासा गरेपनि सम्बन्धित व्यक्तिले पाउन नसकेको उल्लेख गर्दै उनले जसरी भए पनि तेकिएको समयभित्रै समाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्ने बताए।

सामाजिक सुरक्षाभत्ता लक्षित व्यक्तिको हातमा नपुग्ने गरेको गुनासो व्यापक रहेको भन्दै मन्त्री पाण्डेले बैंकिङ प्रणालीमार्फत सम्बन्धित व्यक्तिको बैंक खातामा भत्ता वितरणको व्यवस्था मिलाउन निर्देशन दिए। बैंकिङ प्रणालीबाट भत्ता वितरण गर्दा सामाजिक सुरक्षाभत्ता बापतको रकम नगरपालिका वा गाविसबाटै हिनामिना हुने सम्भावना कम हुने उनको भनाइ थियो।

मन्त्री पाण्डेले अब स्थानीय निकाय भङ्ग हुने र स्थानीय तह कार्यान्वयनमा आउने चरणमा रहेकाले स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदनलाई आधार बनाएर पञ्जीकरणको कामलाई अघि बढाइनुपर्नेमा जोड दिए।

सो अवसरमा विभागका निर्देशक शालिकराम रिजालले जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाइँसराइँ जस्ता व्यक्तिगत घटनाको दर्ता व्यवस्थापन एवम् नियन्त्रण र सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापनको काम विभागले गर्दै आएको बताउए।

 

प्रकाशित: २९ पुस २०७३ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App