१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विपक्षीको विरोधकाबीच संविधान संशोधन विधेयक टेबल

संशाेधन प्रस्ताव टेबल गरेकाे विराेधमा विराेध गर्दै विपक्षी सांसद। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं– प्रमुख प्रतिपक्ष सहित विपक्षी दलको अवरोधकाबीच सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक संसदमा टेबल गरेको छ। कानुन मन्त्री अजय शंकरले नायकले विपक्षीको विरोधकाबीच संशोधन प्रस्ताव टेबल गरेका हुन्। मन्त्री नायकले संशोधन प्रस्ताव टेबल गर्दा विपक्षी दलले आफ्नो सिटबाट उठेर नाराबाजी गरेका थिए।

यसैबीच सरकार निर्वाचन समबन्धी विधेयक संसदमा पेश गर्न तयार भएपछि संसदको जारी अबरोध हटेको छ। एमालेसहितका विपक्षी दलले संसद अबरोधन नगरेपछि सरकारले  स्थानीय तह निर्वाचन  विधेयक संसदमा पेश गरेको छ।

गृहमन्त्री बिमलेन्द्र निधिकातर्फबाट कानुनमन्त्री अजयशंकर नायकले स्थानीय तह निर्वाचन विधेयक संसदमा पेश गरेका हुन्।  यसैगरी संसद बैठकले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्ध छलफलका क्रममा रहेको महाअभियोग प्रस्ताव समितिमा पठाउने निर्णय गरेको छ।
प्रमुख प्रतिपक्षसहितका विपक्षी गठबन्धनले लगातार संसद बैठक अबरोध गरेपछि  सभामुखको पहलमा शीर्ष नेताको बैठक बसेको थियो।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन प्रस्ताव अगाडि बढाउन सहयोग गर्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए। जवाफमा ओलीले निर्वाचन समबन्धी कानुन र अख्तियार निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव अगाडि बढाउन आग्रह गरेका थिए।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार एमालेले निर्वाचन सम्बन्धी कानुन र महाभियोग प्रस्ताव अगाडि बढाउन सरकारसँग आग्रह गरेको हो। प्रमुख प्रतिपक्षको आग्रहलाई स्वीकार गर्दै सरकारले स्थानीय तह निर्वाचन विधेयक संसदमा दर्ता गर्ने सहमति भएपछि संसदको जारी अवरोध हटेको हो।

 

प्रकाशित: २४ पुस २०७३ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App