१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

परिमार्जनसहित संविधान संशोधन निकासको सुत्रः भट्टराई

लहान–नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले राजनीतिक विवाद समाधानको सुत्र परिमार्जनसहित संविधान संशोधन भएको बताएका छन्। मधेसी, आदिवासीको माग समेटेर संविधानमा आवश्यक संशोधन भए मात्र संविधान कार्यानवयनको बाटो खुल्ने उनको भनाइ छ।

प्रेस सोसाइटी लहानद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘राजनीतिक अवरोध फुकाउन प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, मधेसी दलसँग भेटेरै परिमार्जन प्रस्तावसहित संविधानमा संशोधन गर्न आग्रह गरेको छु।’ उनले सरकारले प्रयाप्त गृहकार्य विना नै संशोधन प्रस्ताव दर्ता गराउँदा असन्तुष्टि बढेको भन्दै भट्टराईले भने, ‘ ‘आन्दोलनरत शतिmहरुको समर्थन बेगरको संशोधन प्रस्तावले स्वीकार्यता प्राप्त गर्दैन।’

हिजो संविधान संशोधनमा हस्ताक्षर गर्ने एमालेले अहिले आएर संविधान संशोधन गर्नु हुन्न भन्नुलाई ‘रहस्यमय’ को संज्ञा दिँदै उनले भने, ‘एमालेले परिमार्जनसहितको संशोधन प्रस्तावमा सहयोग गरेर समर्थन गर्नुपर्छ।’

मधेसी र आदिवासीको राय लिएर परिमार्जनसहितको संशोधन प्रस्तावलाई सबै दलले सघाउनुको विकल्प नरहेको उनको जिकिर थियो। संशोधनको विरोध गर्नुको भित्री कुरा सत्ताको बाँडफाडमा कुरा नमिलेर संशोधनमा झमेला खडा गरिएको उनले टिप्पणी गरे।  

आगामी एकवर्ष भित्र तीन वटै निकायको निर्वाचन गर्नुपर्ने कार्यभार रहेको उल्लेख गर्दै भट्टराईले मुलुकको समस्या समाधान गर्नुको साटो प्रमुख दलहरु सत्ता स्वार्थकालागि देशलाई बन्धक उद्यत रहेको आरोप लगाए। ‘सत्ता साझेदारी गर्नुस तर संविधान चाँडो संशोधन गरेर चुनावको बाटो खोल्नुस्,’ उनले भने।
 

प्रकाशित: २४ पुस २०७३ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App