५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

चितवन- २ मा कांग्रेसबाट जीत नारायण श्रेष्ठको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका नेता जीत नारायण श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि  भरतपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो ३:१५ बजे पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। 

श्रेष्ठको समर्थकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष रामचन्द्र अधिकारी र नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल रहेका छन्।

उम्मेदवारी दर्ता पछि श्रेष्ठले चितवनलाई निर्वाचनको प्रयोगशाला बन्न दिन नहुने बताए। जीत नारायण श्रेष्ठलाई नेकपा माओवादी, एकीकृत समाजवादी नेपाल, जनता समाजवादीको सहयोग रहेको छ। 

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो। गत मंसिर ४ गतेको निर्वाचनमा लामिछाने अत्यधिक मतका साथ विजयी भएका थिए।

प्रकाशित: २० चैत्र २०७९ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App