१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

संघीयता कार्यान्वयनमा आनाकानी भयोः उपमहासचिव गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीयतामाथि खुलमखुल्ला हमला भइरहेको बताएका छन्। 

आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेकपा एमालेले भनेको आधारमा नै सात वटा प्रान्तमा आधारित मुलुकमा संघीय शासन संरचना बनेको बताए। उनले संघीयता कार्यान्वयन गर्न आज फेरि आनाकानी भइरहेको बताए। संघीयताविरोधीहरुले संघीयताविरुद्धमा नारा लगाइरहेको भन्दै उनले यसको यथोचित जवाफ दिन सक्नुपर्ने बताए। उनले संघीयताको उचित ढंगले कार्यान्वयन हुनुपर्ने बताए। संघीयतामाथि प्रश्न उठाउने र प्रदेशको अधिकार खोस्नेकुरा सह्य नहुने उनले चेतावनी दिए।  

उनले भने, ‘नेकपा एमालेले भनेको सात वटा प्रान्तमा आधारित मुलुकमा संघीय शासन संरचना बन्यो। हामीले गर्वका साथ भन्नुपर्छ। नेकपा एमालेले मुलुकको संघीय संरचनाले बनेको संघीय नीतिका आधारमा बन्यो। त्यसलाई कार्यान्वयन गर्नको लागि आज मुलुकमा फेरि आनाकानी भइरहेको छ। त्यसलाई उचित ढंगले कार्यान्वयन गर्नुपर्छ। सात वटा प्रदेशमाथि नै हमला भइरहेको छ। संघीयताबिरोधीहरुले नारा लगाइरहेका छन्। हामीले भन्नसक्नुप¥यो संघीयतामाथि प्रश्न उठाउने कुरा, प्रदेशको अधिकारमाथि प्रश्न उठाउने विषय, त्यस्तामाथि हामीले बिरोध गर्न सक्नुपर्छ। अनि मात्रै हामीले आफ्नो आन्दोलन बचाउन सक्छौँ, त्यो हामीले आजसम्म गर्न सकेका छैनौँ। उनीहरुले खुलमखुला भनिरहेको छ। राजा फर्काइन्छ, हिन्दुराज्य स्थापना गरिन्छ भनिरहेका छन्, यो हाम्र लागि चुनौति होइन। यसको हामीले यथोचित जवाफ दिन सक्नुपर्छ।’

उपमहासचव गुरुङले संघीयता विरोधीहरुलाई यथोचित जवाफ दिन तयार रहनुपर्ने बताए।  

प्रकाशित: १९ चैत्र २०७९ १२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App