१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सर्वोच्चमा यसरी भयो लोकमानसिंह माथि आक्रमण

तस्बिर: दुर्गा दुलाल

काठमाडौं–अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की बिहीबार सर्वोच्च अदालतमा उपस्थित हुने निश्चित भएपछि मसहितका फोटोपत्रकार सर्वोच्च अदालतमा कार्कीको प्रतिक्षा गरिरहेका थियौं। कार्की सर्वोच्चमा ११ बजे आउने भनिएको थियो।

लामो प्रतिक्षा गर्दापनि लोकमान सर्वोच्चमा नआएपछि हामी अफिस फर्किने तयारी गर्दै थियौं। त्यहीबीचमा चार बजे बा १३ च ८५८६ नम्बरको सेतो कारमा कार्की सर्वोच्च परिसरमा उपस्थित भए।

अफिस फर्कन लागेको फोटो पत्रकारको क्यामेरा कार्कीतिर सोझियो। यही क्रममा कार्की सर्वोच्च अदालत भित्र छिर्ने क्रममा एकजना युवकले कार्कीमाथि मुक्का प्रहार गरे। सँगै रहेका अर्का युवकले नेकपा माओवादी जिन्दावाद, भ्रष्टाचारी मुर्दावाद, लोकमानसिंह मुर्दावाद भन्दै नारा लगाउन थाले। त्यही बीचमा दुवै युवकलाई प्रहरीले नियन्त्रणमा लियो।

प्रकाशित: ७ पुस २०७३ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App