६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सांसदका गुनासाहरुः शून्य समय कम भो, बैंकले नाफा कमाए, मन्त्रीहरु भएनन, अन्योलतर्फ बुढीगण्डकी

प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले देशमा व्यापारीहरुलाई व्यापार घाटा भइरहेको बेलामा बैंकहरुले भने मुनाफा कमाइरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

बुधबार प्रतिनिधी सभाको शून्य समयमा बौल्दै उनीहरुले सरकारको ध्यानाकर्षाण गराएका हुन।

अर्का सदस्य असिम शाहले एक महिनादेखि मन्त्रालयहरु मन्त्री विहीन भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले नेताहरुले गरिरहेको भागबन्डालाई जनताले नियालीरहेको उल्लेख गरे। त्यस्तै उनले १ मिनेट शुन्य समय अपुग भएको भन्दै शुन्य समयलाई २ मिनेट पु¥याउन माग पनि गरे।

अर्का सदस्य एकनाथ ढकालले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनामा ठूलो रकम रकमान्तर गरेर योजनालाई नै अन्योलतर्फ धकेल्ने काम गरेको बताए। उहाँले सरकारले आयोजनालाई असफल बनाउन लागेको आरोप लगाउँदै उनले रकमान्तर फिर्ता गर्न अनुरोध गरे।

अर्की सदस्य कान्तिका सेजुवालले सामुदायिक विद्यालयमा दिइदै आएको खाजा भत्ता वृद्धि गर्न माग गरिन्।

प्रकाशित: १५ चैत्र २०७९ ११:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App