कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ। गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो। प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए। रासस
इलाम क्षेत्र-२ मा शनिबार भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा यो तथ्यांक आएको जनाएको हो।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको रक्षा गर्न परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।