२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ताप्लेजुङका प्रजिअद्धारा सुशासन,विकास निर्माण र शान्ति सुरक्षा केन्द्रित सर्वपक्षीय छलफल

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जिल्ला सुरक्षा समितिका पदाधिकारीको समन्वयमा बिहीबार सुशासन,विकास निर्माण र शान्ति सुरक्षा बारे ताप्लेजुङ जिल्लाका क्रियाशील राजनीतिक दलसँग र सरोकारवालासँग अन्तरक्रिया गरेकी छन्। 

उल्लेखित तीन वटा बिषयमा राजनीतिक दलका प्रतिनिधिहरुले आफ्नो देखाई प्रस्ट्याएका थिए। प्रजिअ चेम्जोङ सहित सुरक्षा समितिका पदाधिकारीले सुदृढ शान्ति सुरक्षा र सुशासन कायम गर्न राजनीतिक दलसहित सबै सरोकारवाला एक ठाउँमा उभिन आवश्यक रहेकोमा जोड दिएका छन्।‘त्यहीँ बिषयमा राजनीतिक दल र सरोकारवालाहरुको सुझाव ग्रहणका लागि छलफल कार्यक्रम राखिएको हो’सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले भने। उनले प्राप्त सुझावलाई कार्यान्वयन प्रक्रियाको सहजीकरण सम्पत्तिको रुपमा उपयोग गर्ने बताए। 

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,नेकपा एमालेका जिल्ला उपसचिव मणिशंकर पोमू,माओवादी केन्द्र जिल्ला समन्वय समितिका इञ्चार्ज खेलप्रसाद बुढा क्षेत्री (पराग),नेकपा एसका जिल्ला उपसचिव नीताकुमारी सिवा,राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष अमृतकुमार साउदेन,जनता समाजवादी पार्टीका सूर्य तमू,राष्ट्रिय जनमुक्ति पार्टीका मोतिबहादुर तुम्बाहाम्फे र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लावुङले आ–आफ्नो धारणा राखेका थिए। छलफलमा मेची राजमार्गको सडक क्षेत्राधिकार भित्रका संरचना हटाउने देखि समग्र विकास र सुशासनको अवस्थाका बिषयमा समेत कुरा उठेको थियो।

 प्रजिअ भएर आएको बेला सरोकारवालासंगको पहिलो परिचयात्मक कार्यक्रममा प्रजिअ चेम्जोङले जिल्लाका समग्र बिषयको समाधान आपसी सहकार्यबाट सम्भव हुने भएकोले आफू यस्ता बिषयमा निरन्तर संवाद र छलफलमा रहने बताएकी थिइन्।‘यो छलफल त्यसकै एक निरन्तरता हो’एक सुरक्षा अधिकारीले भने। चेम्जोङ गत माघ महिनाको दोस्रो साता ताप्लेजुङको प्रजिअ भएर आएकी छन्। 

प्रकाशित: ९ चैत्र २०७९ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App