१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संविधान कार्यन्वयनमा जुट्न उपराष्ट्रपतिको दलहरुलाई आग्रह

धादिङ-उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको मुख्य दायित्व संविधान कार्यन्वयन गर्नु रहेको बताएका छन्। नेपालको संविधान विश्वकै नमूना संविधान भएकोले यसको कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

 ‘विश्वको कुनैपनि संविधानले नेपालको संविधानसंग प्रतिष्पर्धा गर्न सक्दैन। यो नागरिकको मौलिक हक र उत्पीडित जातिको पक्षमा छ। त्यसैले अहिले संसोधनको कुरा गरिरहनु भन्दा कार्यान्वयन गर्नेतर्फ सरकार गम्भीर हुनुपर्छ’ उनले भने। भूकम्पपछि नवनिर्मित विद्यालय भवनको उद्‍घाटन धादिङको त्रिपुरेश्वर ३ स्थित खहरे पुगेका उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनप्रति सबै राजनीतिक पार्टीहरुलाई एकजुट हुन आग्रह गरे।

                संविधान कार्यन्वयन गर्ने कार्य सबैको साझा एजेण्डा भएका कारण राज्य र जनतासँगको सहकार्य आवश्यक रहेको उनले बताए। असन्तुष्टहरुको भावना समेटेर १४ महिनाभित्र तीनै तहको निर्वाचन गरे मात्र नेपालीको आर्थिक समृद्धिको ढोका खोल्ने समेत दाबी गरे।

                अचने माविमा नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै पुनले वर्तमान शिक्षा हुने खाने र हुँदा खानेका लागि मात्र भएको भन्दै शिक्षामा नीतिगत परिवर्तनको आवश्यक रहेको टिप्पणी गरे। विद्यालय तहको शिक्षा निशुल्क गरी राष्ट्रलाई उत्पादन हुने र विकास हुने खालको शिक्षाको आवश्यक रहेको बताए।

               

 

प्रकाशित: २० मंसिर २०७३ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App