१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

लामिछानेप्रति विवेकशीलको आशंका

नेपाल विवेकशील पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा लेनदेनको आशंका रहेको बताएको छ। पार्टीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेको राहदानीका विषयमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयमा आशंका गरेको हो। ‘विदेशी राहदानी हुँदाहुँदै गलत विवरण दिएर नेपाली राहदानी लिएको भन्ने विषयमा परेको उजुरीमा महान्यायधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय प्रधानमन्त्रीले विश्वासको मत लिने दिन आउनु र उक्त पार्टीले सरकारलाई विश्वासको मत पनि प्रदान गर्नुले उक्त प्रकरणमा लेनदेन भएको आशंका उब्जिएको छ,’ प्रवक्ता विजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

२०७९ माघ १३ मा सर्वोच्च अदालतको संवैधानिक इजालसले गरेको निर्णयमा पनि रवि लामिछानेको राहदानीको हकमा अन्य निकायहरूले अनुसन्धान गरिरहेको भन्दै त्यो प्रक्रिया न्यायिक ढंगले बढ्न सक्ने संकेत गरेको विज्ञप्तिमा उल्लेख छ। ‘सरकारी निर्णयले न्यायिक दृष्टिबाट पनि उचित जस्तो नदेखिएको तथा कानुनको अगाडि सबै बराबर भन्ने सिद्धान्तलाई पनि मानेको जस्तो देखिएन,’ भनिएको छ।

न्यायिक पुनरवलोकन गरी निरूपण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसका अध्यक्ष लामिछाने र सरकारको प्रतिष्ठा नागरिकका दृष्टिमा सही ठानिने हुँदा त्यसमा सहयोग गर्न नेपाल विवेकशील पार्टीले अनुरोध गरेको हो।

प्रकाशित: ८ चैत्र २०७९ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App