१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारीले बोलाइन सर्वदलीय बैठक

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेकी छिन्। राष्ट्रपतिले आइतबार अपहन ४ बजे संसदमा रहेका सबै दललाई राष्ट्रपति भवन शीतल निवास बोलाएकी हुन।

संविधान संशोधनको विषयलाई लिएर दलहरु विभाजीत बन्दै गएका बेला राष्ट्रपति भण्डारीले दलहरुलाई सहमतिबाट मुलुकलाई निकास दिन आग्रह गर्ने छिन् । दलीय सहमतिबाटै संविधान संशोधन र कार्यान्वयनमा जुट्न प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गर्दै आएकी छिन् ।

प्रमुख राजनीतिक दलको सहमतिबिनै सरकारले गत मंगलबार संविधान संशोधन प्रस्ताव दर्तासँगै देशका विभिन्न भागमा आन्दोलन सुरु भएपछि राष्ट्रपतिले सबै दललाई शीतल निवास बोलाएकी हुन । ‘मुलुकको पछिल्लो अवस्थाका विषयमा उहाँ निकै चिन्तीत हुनुहुन्छ,’ राष्ट्रपति निकट स्रोतले भन्यो, ‘सबै दलका शीर्ष नेतालाई बोलाएर मिलेरै समस्या समाधान गर्न आग्रह गर्न लाग्नु भएको हो।’

यसअघि राष्ट्रपति भण्डारीले मंसिर १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलाई शीतल निवास बोलाएर मिलेरै संविधान संशोधन प्रक्रिया अघि बढाउन आग्रह गरेकी थिइन् ।

नेताहरुले संविधान कार्यान्वयनको अहिलेको अवस्थाका साथै संविधानप्रति असन्तुष्ट पक्षलाई मुलधारमा ल्याउन सरकारले गर्न लागेको संशोधन प्रक्रियाका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । 

 

प्रकाशित: १८ मंसिर २०७३ १४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App