२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेका कार्यक्रम विथोल्ने मोर्चाको चेतावनी

 वीरगन्ज- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले नेकपा एमालेका औपचारिक कार्यक्रम पर्सामा गर्न नदिने निर्णय गरेको छ। वीरगन्जको मुर्ली बगैचामा बसेको मोर्चाको बैठकले मधेसीको माग पुरा गर्न एमाले बाधक भएको भन्दै जिल्लामा औपचारिक कार्यक्रम गर्न नदिने बताएको हो। जिल्लामा कार्यक्रम गरे मोर्चा आबद्ध मधेसी दलले त्यसको प्रतिवाद गर्ने निर्णय समेत गरेको छ।

एमालेका कुनैपनि केन्द्रिय तहका नेतालाई पर्सामा औपचारीक कार्यक्रम गर्न नदिने मोर्चाको बैठकले निर्णय गरेको  संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादवले बताए।

यसैबीच वीरगन्जको घण्टाघार चोकमा मोर्चामा अवद्ध दलका नेता कार्यकर्ताहरुले एमालेप्रति बिरोध जनाउँदै प्रदर्शन समेत गरेका छन्। घण्टाघर क्षेत्र तनावग्रस्त हुने सम्भावना बढेपछि भारी संख्यामा सूरक्षाकर्मी परिचालन गरिएको थियो।

 

प्रकाशित: १८ मंसिर २०७३ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App