१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भारतको निर्देशनमा संविधान संशोधन प्रस्ताव : नेमकिपा

भक्तपुर– भारतीय शासक वर्गको निर्देशनमा संविधान संशोधन प्रस्ताव आएको भन्दै नेपाल मजदुर किसान पार्टीले विरोध जनाएको छ । पार्टीले बुधबार विज्ञप्ति प्रकाशित गरी संविधान संशोधन प्रस्तावको विरोधमा उभिन सबै राजनैतिक दललाई आह्वान गरेको छ। 

‘संविधान संशोधन प्रस्तावबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा गम्भीर असर पर्ने हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण त्यसको विरोध गर्ने र प्रस्तावको विरोधमा उभिन सम्पूर्ण राजनैतिक दलहरुलाई आह्वान गर्ने निर्णय गरेका छौं ।’ 

‘नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा गम्भीर असर पर्नेगरी प्रचण्ड सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा उभिन सम्पूर्ण राजनैतिक दलहरुलाई आह्वान गर्छौं’, विज्ञप्तिमा उल्लेख छ। अध्यक्ष नारायणमान बिजुक्छेंको अध्यक्षतामा बुधबार भक्तपुरमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले सरकारले भारतीय शासक वर्गको निर्देशनमा व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरेको निष्कर्ष निकालेको हो।

‘संविधान संशोधन प्रस्तावबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा गम्भीर असर पर्ने हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण त्यसको विरोध गर्ने र प्रस्तावको विरोधमा उभिन सम्पूर्ण राजनैतिक दलहरुलाई आह्वान गर्ने निर्णय गरेका छौं ।’ 

संशोधन प्रस्तावमा उल्लिखित भाषा, प्रदेश सीमांकनमा हेरफेर, नागरिकता र जनसंख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्वजस्ता कुनै पनि विषय नेपाल र नेपाली जनताको हितमा नभएको नेमकिपाले ठहर गरेको छ।

संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने बेला भारतीय शासक वर्गको निर्देशनमा संविधान संशोधनको प्रस्ताव दर्ता गर्नु देशमा निर्वाचन हुन नदिने षड्यन्त्र भएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित: १५ मंसिर २०७३ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App