५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले निकट अनेरास्ववियुमा विद्यार्थीका एजेण्डा छैनन्: अध्यक्ष पराजुली

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचनमा पार्टीको नाम लेखेर भोट माग्नु गलत भएको बताए। उनले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पार्टीको नाम र चिन्ह देखाएर स्ववियु निर्वाचनमा भोट मागेकोप्रति आपत्ति जनाए।

उनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्नुपर्ने भन्दै स्ववियु निर्वाचनलाई पार्टीको निर्वाचन नबनाउन आग्रह गरे। नेकपा एमालेको विद्यार्थी संगठनमा विद्यार्थीको एजेण्डा नै सकिएको उनको आरोप छ।

उनले भने, ‘आज स्ववियु निर्वाचनमा पार्टीको नाम लेखेर कुनै पार्टीको अमुक नाम लेखेर स्ववियुको निर्वाचनमा साथीहरु लडिरहनुभएको छ। यो समुदायको अधिकार संरक्षण गर्ने हुनुपर्दथ्यो। कुनै पार्टीको निर्वाचन चिन्ह लिएर साथीहरु आउनुभएको छ। यो विश्वविद्यालयलाई पार्टीको राजनीतिबाट मुक्त गरौँ। विद्यार्थीको निर्वाचनलाई पार्टीसँग किन जोड्नुभएको छ। स्ववियु निर्वाचनलाई पार्टीकरण नगर्न आग्रह गर्छु। पार्टीको निर्वाचन नबनाऔँ, विद्यार्थीको नेतृत्व हाँक्न सक्ने स्ववियु निर्वाचन बनाऔँ। साथीहरु नेकपा एमालेका ट्याग लिएर आउनुभएको छ। विद्यार्थीको मुद्दा सकियो, त्यसपछि पार्टीको नाममा भोट माग्ने प्रयास भइरहेको छ।’

पराजुली नेतृत्वको अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो।  

प्रकाशित: १ चैत्र २०७९ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App