७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

संविधान संशोधन र महाअभियोग सहमतिमै टुँगिन्छ : सभामुख घर्ती

काठमाडौं–सभामुख ओनसरी घर्तीले संविधान संशोधन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव सहमतिमै टुँगिने विश्वास व्यक्त गरेकी छन्। आइतबार रिपोर्टर्स क्लबको देउसी–भैलो कार्यक्रममा बोल्दै सभामुख घर्तीले संविधान संशोधन र महाअभियोग प्रस्ताव दुवै सहमतिमै टुँगिने बताएकी हुन्। 

सभामुख घर्तीले भनिन्, ‘संविधान संशोधनको विषयमा अहिले दलहरुवीच छलफल भैरहेको छ, यो विषयमा सहमतिमै टुँगोमा पुग्नेमा म विश्वस्त छु ।’ उनले लोकमानविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावपनि दलहरुको सहमतिमै टुँगिने विश्वास दिलाइन्।  

सभामुख घर्तीमगरले संविधान संशोधन र निर्वाचनको लागि आवश्यक पर्ने ऐन कानुनहरु द्रुत गतिमा निर्माण भैरहेकोले राजनीतिक सहमतिमै तीन वटै निकायको चुनावपनि समयमै हुने बताइन्। उनले मुलुकलाई निकास दिनको लागि र संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न दलहरु मिल्नुको विकल्प नभएको धारणा राखिन् । 
 

प्रकाशित: १४ कार्तिक २०७३ १०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App