१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

नेकपा एसको सचिवालय बैठक सुरु

नेकपा (एकीकृत समाजवादी)का सचिवालय बैठक सुरु भएको छ।

राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको हो।  

बैठकमा राष्ट्रपतिमा काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्नेगरी काँग्रेससहित ८ दलीय गठबन्धनमा आवद्ध भएको सो पार्टीले बैठकमा सरकारमा सहभागिताका लागि आफ्नो हिस्सेदारीको विषयमा पनि छलफल हुने बताइएको छ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारमा एमालेको सहभागिता पनि हुन आवश्यक रहेको धारणा राख्दै आएका छन्।  

प्रकाशित: १७ फाल्गुन २०७९ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App