७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

महाअभियोग बिषयमा कांग्रेस ‘न्यायाधीश’: नेता महत

दाङ–कांग्रेस नेनेपाली ता रामशरण महतले अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथिको महाअभियोग प्रकरणमा कांग्रेस ‘न्यायाशीस ’ का रुपमा रहेकाले सुझबुझका आधारमा  मात्रै फैसला गर्ने बताएका छन्। उनले यो बिषयमा छानविन गर्न बनाइएको संसदीय समितिको प्रतिवेदनका आधारमा कांग्रेसले आफ्नो धारणा ल्याउने बताए।

संसदमा महाअभियोग प्रस्ताव बारे प्रकृया चलिरहेकाले के ठिक ?,के बेठिक भनेर हतारमा निर्णय गर्न नहुने उनको भनाइ थियो। ‘कांग्रेस न्यायधीश हो,अहिले महाअभियोगबारे संवैधानिक प्रकृया चलिरहेको छ,’ नेपाल प्रेस युनियन दाङले बिहीवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा नेता महतले भने, ‘न्यायाधीश हतारमा बोल्नु राम्रो हुँदैन,तसर्थ कांग्रेसले संसदीय समितिको प्रतिवेदनका आधारमा अन्तिम निर्णय लिने छ।’

संसदीय छानविन समितिले यसबारेमा काम सुरु गरिसकेकाले उसको प्रतिवेदन कांग्रेसकालागि आधिकारिक बन्ने भन्दै महतले एमाले, माओवादीले प्रस्ताव दर्ता गरेकै भरमा उनिहरुको पछि लाग्नु जायज नहुने पनि बताए।  संसदीय समितिको प्रतिवेदनलाई आधार मान्दा समिति बलियो पनि हुने र समितिको कार्यको सम्मान पनि हुने उनले बताए।
यस्तै उनले महाअभियोग बारे अहिले चलेको बहस बढी भएको भन्दै उनले यो बिषयलाई राष्ट्रिय मुद्दा बनाइनु नहुनेमा जोड दिए।

‘यो संवैधाविनक प्रकृया हो, यसबारे संसदले छानविन गर्ने हो,’ उनले भने, ‘तर पक्ष बिपक्ष बनेर यो विषयलाई बढी उछालिनु सही थिएन।’ महाअभियोगमै सबैको ध्यान अहिले केन्द्रित रहेकाले राष्ट्रिय मुल मुद्दा ओझेलमा पारिएको पनि उनले बताए। ‘राष्ट्रिय मुद्दा भनेका संविधान कार्यान्वयन र स्थानीय निर्वाचनको बिषय हुन्,’ महतले भने, ‘यि दुई महत्वपूर्ण बिषयलाई कसरी सहमतिमा टुंग्याउन सकिन्छ भनेर प्रयास थालिनु पर्ने हो,तर विषय अर्कैतिर मोडिएको छ।’

 

प्रकाशित: ११ कार्तिक २०७३ ०५:०३ बिहीबार

महाअभियोग बिषयमा कांग्रेस न्यायाधीश नेता महत