६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपतिका लागि उपयुक्त पात्र माधवकुमार नेपाल: सांसद ज्वाला

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिमा उपयुक्त पात्र माधवकुमार नेपाल भएको बताएका छन्।  

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद ज्वालाले राष्ट्रिय सहमति हुनका लागि उपयुक्त दल आफूहरु भएको र उपयुक्त पात्र पनि अध्यक्ष माधवकुमार नेपाल भएको बताएका हुन्।  

उनले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताएका छन्। राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल योग्य भएको उनको भनाइ छ।  

सांसद ज्वालाले नेपालले संविधान निर्माणमा खेलेको भुमिका, देशको निम्ति गरेको योगदानका कारण उनको चर्चा हुनु स्वभाविक भएको बताए।  

प्रकाशित: १० फाल्गुन २०७९ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App