१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधान कार्यान्वयनको जिम्मेवारी पुरा गर्नुपर्छः अध्यक्ष ओली

भक्तपुर- पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले निर्धारण गरेको समयमै संविधान कार्यान्वयनका सबै काम टुङ्ग्याउनुपर्ने बताएका छन्।
आज भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रेस चौतारी नेपालको संयोजनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।

उनले भने, “अहिलेको सङ्क्रमणकालीन अवस्था अब हट्नुपर्छ, संविधानको कार्यान्वयनमा सानातिना समस्या छन् भने त्यसको समाधान गरेर संविधान कार्यान्वयनको जिम्मेवारी अब पूरा गर्नुपर्छ ।”

देशलाई अब आर्थिक समृद्धि र विकासतर्फ लैजानुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले समयसीमाभित्रै निर्वाचनलगायतका सबै काम टुङ्गिनेमा आफू विश्वस्त रहेको बताए ।
उनले संविधान कार्यान्वयनमा केही अप्ठ्यारा नभएको दाबी गर्दै टुङ्गोमा पु¥याउन नसकिने कुनै पनि अप्ठ्याराहरु नभएको उल्लेख गरे।

दसैँको बेलामा कसैलाई गाली गर्न वा कसैको प्रशंसा गर्न नचाहेको टिप्पणी गर्दै उनले भने, “यो दसैँको बेलामा म कुनै भल छोप्न चाहन्न, कसैको विरोध गर्ने र कसैको समर्थन गर्ने, कसैको पक्षमा उभिने र कसैलाई विपक्षमा राख्न चाहन्न, सबैलाई मेरो शुभकामना छ ।” रासस

प्रकाशित: २२ आश्विन २०७३ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App