२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

१० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने काँग्रेस सचेतक लेखकको दाबी

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन्।  

शुक्रबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले अबको हप्ता १० दिन भित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए।

उनले एमालेमा धेरै अधैर्य र अस्थिर राजनीति देखिएको बताए। एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्ताँ गठबन्धन स्थिर नरहेको उनको भनाइ छ। प्रमुख सचेतक लेखकले मुल राजनीतिक मुद्दा जुन छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली काँग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको बताए।

नेकपा एमाले संसद विघटको चाहना राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै यस्ता पदहरु जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा काँग्रेसको स्वभाविक दाबी रहने उनले बताए। 

प्रकाशित: ५ फाल्गुन २०७९ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App