प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन्।
ओलीलाई भेट्न शुक्रबार दिउँसो दाहाल ओली निवास बालकोट पुगेका हुन्। राष्ट्रपतिको निर्वाचन नजिकिएसंगै दाहाल र ओलीबीचको भेट्घाट बाक्लिएको छ।
राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि दाहाल र ओलीबीच बालुवाटारमा छलफल भएको थियो। तर, दुई नेताहरु सहमतिमा पुग्न सकेका थिएनन्। आज पनि सोही बिषयमा नै छलफल हुने बताइएको छ।
प्रकाशित: ५ फाल्गुन २०७९ ०९:५३ शुक्रबार