५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सिंहदरबारमा दाहाल, देउवा र ओलीबीच सिमा सुरक्षाबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालले सिमा सुरक्षाबारे छलफल गर्न आफ्नो कार्यालयमा डाँकेको भेलामा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका छन्।  

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री दाहालले सिमा सुरक्षाबारे छलफल गर्न एमाले अध्यक्ष ओली, काँग्रेस सभापति देउवालाई डाकेका हुन। यो छलफलमा प्रधानमन्त्री कार्यालयका कानुन सचिव, सरोकारवाला निकायमा पदाधिकारी, सुरक्षा निकायका पदाधिकारीहरु पनि सहभागी छन् ।  

‘यो नितान्त राजनीतिक बिषय भन्दा बाहिरको बिषयमा डाँकिएको भेला हो। सिमा सुरक्षाका बिषयमा छलफल भइरहेको छ’, प्रधानमन्त्री कार्यालय स्रोतले नागरिक न्यूजसँग भन्यो ।

प्रकाशित: २३ माघ २०७९ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App