५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारलाई ‘तलमाथि’ पार्नु लोकतन्त्र र जनताको हितको पक्षमा छैनः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारलाई ‘तलमाथि’ पार्ने कोसिस गर्नु लोकतन्त्र र जनताको हितको पक्षमा नरहेको बताएका छन्। उनले यो सरकारको विकल्प नभएको पनि उल्लेख गरे।

आइतबार संसदको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले भने, ‘यो सरकारलाई तलमाथि पार्ने कोसिस गर्नु लोकतन्त्रको पक्षमा पनि छैन र जनताको हितको पक्षमा पनि छैन। र, अर्को कुनै वैकल्पिक शक्ति राम्रो काम गरेको कुनै दृटान्त भएको वैकल्पिक शक्ति पनि छैन। हुन्छ नी हामीले यो गर्‍यो भनेर देखाउने, हामीले यो गरेका छौं, हाम्रो नीतिको श्रेष्ठता यो छ। व्यवहारको श्रेष्ठता यो छ यसमा हामी उत्कृष्ट छौ भन्ने अर्को कुनै दल छैन। 

उनले अगाडी भने, ‘आम नेपालीलाई विश्वस्त रहन आग्रह गर्दछु। चाहिएको देशको विकास हो। गरिबी निवारण हो, सुशासन हो, भ्रष्टाचार नियन्त्रण हो। हो, त्यही चिज अहिलको सरकारले गर्छ। त्यसकारण यो सकारात्मक सरकार बनेको छ।’

अध्यक्ष ओलीले कांगेसका नेताहरुलाई व्यङग्य गर्दै भने, ‘कांग्रेसमा विद्धान साथीहरु हुनुहुन्छ। तर उहाँहरुले विकास देखेको पनि छैन,  सोचेको छैन, पढेको पनि छैन, उहाहरुको नीतिको व्यवहारले यस कुरालाई सार्वजनिक गरको छ।’

प्रकाशित: २२ माघ २०७९ ०९:३९ आइतबार

केपी शर्मा ओली