७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

मौलापुर मधानी महोत्सवको उद्घाटन उपराष्ट्रपतिद्वारा हुने

रौतहटको मौलापुर नगरपालिका  ५ पतौरामा रहेको पुरातात्त्विक महादेव मन्दिरमा हुन गइरहेको मधानी महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा हुने भएको छ। 

मौलापुर नगरपालिकाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख रिनाकुमारी साहले महाशिवरात्रिको अवसरमा तिन दिन चल्ने मधानी महोत्सवको उद्घाटन फागुन ५ मा उपराष्ट्रपति पुनले गरी महायज्ञ प्रारम्भ हुने बताएकी छन्।

२०७६ देखि पुरातात्त्विक महादेव मन्दिर पतौरामा मधानी महायज्ञको सुरुआत नगरपालिकाद्वारा गरिएको थियो। पहिलो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले मधानी महायज्ञको उद्घाटन गरेकी थिइन्।

फागुन ५ देखि ७ गतेसम्म चल्ने मधानी महोत्सवको पहिलो दिन उपराष्ट्रपति पुनले उद्घाटन गरेपछि नेपाली सिनेमा चर्चित कलाकार भुवन केसी तथा भारतीय भोजपुरी चर्चित गायिका इन्दु सोनालीसहितको टोलीको सांस्कृतिक प्रस्तुति रहने नगर प्रमुख साहले जानकारी गराएकी छन्।

यसै गरी फागुन ६ महाशिवरात्रिको दिन मधानी महोत्सवको मूल दिन हुने र विभिन्न धार्मिक कार्यक्रम संचालन गरिनुका साथै भोजपुरी सिनेमाका चर्चित कलाकारहरू पवन सिंह, काजल राघवानी लगायतको पनि प्रस्तुति हुने बताइएको छ।

यसै गरी फागुन ७ गते अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको आयोजना गरिने र देवा थापासहितका चर्चित कुस्तीवाजको पनि प्रस्तुति रहने नगरपालिकाले जनाएको छ। यसै गरी हरेक महोत्सवको अवधिमा हरेक रात शिव मन्डलीद्वारा शिवलिला प्रदर्शन हुने बताइएको छ।

पत्रकार सम्मेलनमा नगर उपप्रमुख योगेन्द्र राय यादव, वडाध्यक्षहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहसहितको उपस्थिति रहेको थियो।

प्रकाशित: २१ माघ २०७९ १३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App