१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

न्यायलयमा सुधार ल्याउने कानुनमन्त्रीको भनाइ

भक्तपुर–कानुन तथा न्यायमन्त्री अजय शंकर नायकले न्यायलयमा हुने गरेको अनियमिततालाई आफूले नियन्त्रण गर्ने दावी गरेका छन्। रफत सञ्चार क्लबले आइतबार भक्तपुरमा गरेको साक्षतकारमा उनले नेपालका तीनै निकाय भ्रष्टाचारबाट अछुतो नरहेको बताए। उनले न्यायलयमा भइरहको अनियमिता र भ्रष्टाचार नियन्त्रणमा आफू लागि परेको बताए।

सरकारले तोकेको समयमा तीनै तहको निर्र्वाचन गर्न तयारी भइहरको भन्दै उनले २०७४ माघभित्र तीन तहको निर्वाचन नभए देशमा संवैधानिक संकट देखापर्ने बताए। उनले नेपाल सरकारका लागि आवश्यक विधेकहरु संसदमा पेश गर्दै जाने र आवश्कता अनुसार विधेकलाई कानुन अनुसार धारण गर्दै जाने समेत बताए ।

स्थानीय तह पुर्नसंरचना आयोगलाई बिभिन्न राजनीतिक दलहरुले प्रस्ताव गरेको स्थानीय तहको संख्या ५ सय ६५ मा दलीय सहमति जुट्ने दाबी गर्दै सोही संख्याको सेरोफरोमा रहेर सबैजसो दलहरुले आयोगलाई सुझाव समेत दिएको उनले जनाए। स्थानीय तहको निर्वाचन सबैको आवश्यकता रहेको उनको भनाइ थियो।

मधेसको मुद्दा केही व्यक्तिको माग नभएर आम मधेशको माग रहेकोको उनको दावी थियो। उनले नयाँ सत्ताको गठबन्धन अगवै गरिएको तीन बुँदे सहमतिको कार्यान्वयन गर्न संविधान संसोधन गर्नुपर्नेमा जोड दिए। उनले संविधान संशोधन गरी मधेसका माग सम्बोधनसँगै निर्वाचनको वातावरण तय हुने समेत दाबी गरे।
 

 

प्रकाशित: १९ भाद्र २०७३ ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App