५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचन कानुन मस्यौदा संसदमा पेश गर्न निर्देशन

काठमाडौं– व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले स्थानीय निकायको निर्वाचनका लागि आवश्यक पर्ने कानुनको मस्यौदा तत्काल संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले स्थानीय निकायको निर्वाचनकालागि  आवश्यक पर्ने कानुन संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति रविन्द्र अधिकारीले जनाए।

समितिको बैठकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे उपस्थिति थिए। मन्त्री पाण्डेसँगको छलफलपछि   समितिले स्थानीय निकायको निर्वाचनकालागि आवश्यक पर्ने कानुनको मस्यौदा तत्काल संसदमा पेश गर्न निर्देशन दिएको सभापतिका अधिकारीले जानकारी दिए।  

समितिले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सम्बन्धी नियमाली नहुँदा विकास निर्माणका कार्यक्रम संचालनमा  ढिलाइ भएको भन्दै छिटो नियमावली तयार गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो।

‘संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने स्थानीय तहको संरचनालाई वैज्ञानिक र स्पष्ट मापदण्डका आधारमा  छिटो निक्र्योल गरी कार्यान्वयनमा लौजानकालागि समिति संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयालाई निर्देश गर्छ,’ समितिले दिएको निर्देशनमा भनिएको छ, ‘स्थानीय निकायको निर्वाचनकालागि आवश्यक पर्ने कानुनको तत्काल मस्यौदा गरी संसदमा पेश गर्न समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र कानुन मन्त्रालयलाई निर्देशन दिन्छ।’

समितिले  दिएका निर्देशनकोको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकमा मन्त्री पाण्डेले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन गर्न सरकार गम्भीर रहेको बताएका थिए ।

 

प्रकाशित: १५ भाद्र २०७३ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App