१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओली बालुवाटारमा, रविलाई गृहमै फर्काउन प्रधानमन्त्रीलाई दवाव

सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटन बालुवाटार पुगेका छन्।

अध्यक्ष ओली रवि लामिछानेलाई पुनः गृह मन्त्रालयमा फर्काउने मनस्थितीमा रहेको स्रोतहरुले बताइरहेका छन्।  

नेकपा एमालेकै महासचिव शंकर पोखरेलले आइतबार आफ्नो एउटा भाषणमा त्यसको संकेत दिइसकेका छन्।  

महासचिव पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउन रवि लामिछानेलाई मुद्दा हालिएको बताए। उनको यो भनाइबाट यही निष्कर्षमा नेकपा एमाले पुगेको बुझ्न सकिन्छ।

यही निष्कर्षलाई आत्मसात गर्दै सत्तालाई थप मजवुद बनाउन एमाले अध्यक्ष ओलीनै रवि लामिछानेलाई पुनः गृह मन्त्रालयमा फर्काउने तयारीमा लागिरहेको र उनले प्रधानमन्त्री दाहाललाई दबाव दिइरहेको स्रोतले बताएका छन्।  

यही सिलसिलामा बालुवाटारमा अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भइरहेको बुझिएको छ।  

संवैधानिक व्यवस्था अनुसार उनी सांसदमा निर्वाचित नभएपनि ६ महिनासम्म सरकारमा बस्न सक्छन्। यसबीचमा उनी उप निर्वाचन मार्फत जितेर आउन सक्छन्। जितेनन भने सरकार छोडनु पर्ने हुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय नपाए आफूहरु सरकारबाट बाहिरिने बताएको छ।

प्रकाशित: १५ माघ २०७९ ११:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App