४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसले भन्यो: राष्ट्रपति,उपराष्ट्रपति, सभामुख र उपसभामुखका लागि सहमतिमा जान तयार छौं

नेपाली कांग्रेसले राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न तयार रहेको बताएको छ। 

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न तयार रहेको बताएको हो।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुखमा सहमति हुन्छ कि भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल राखेको प्रस्तावमा कांग्रेसले छलफल गर्न तयार रहेको बताएका छन्।

प्रमुख सचेतक लेखकले बैठकबारे जानकारी दिँदै भने, ‘प्रधानमन्त्रीजीले विश्वासको मत दिएकोमा सबै दलहरुलाई धन्यवाद दिनुभयो। अर्को सत्तापक्ष र प्रतिपक्षको बारेमा पनि केही कुराहरु राख्नुभयो। नेपाली काँग्रेस संसदीय प्रतिनिधि सभामा, राष्ट्रिय सभामा प्रमुख विपक्ष दलको रुपमा रहेको छ। र, हाम्रो पार्टी सभापति, पूर्वप्रधानमन्त्री माननीय शेरबहादुरजीले प्रमुख विपक्ष दलको नेताको हैसियतमा हुनुहुन्छ भनेर आफ्ना कुराहरु राख्यौं। प्रधानमन्त्रीजीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमति गरेर अगाड बढ्न सकिन्छ कि भन्ने कुरा पनि राख्नुभयो।’

यता, सत्तारुढ दलहरुबीच भने राष्ट्रपति र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको छ।

प्रकाशित: ३ माघ २०७९ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App