४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने उपप्रधानमन्त्री लिङदेनको पहिलो निर्णय

फाइल तस्बिर

नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङदेनले पदभार ग्रहण गरेका छन्। 

उपप्रधानमन्त्री पदको सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा मंगलबार दिउँसो पदभार ग्रहण गरेका हुन्।

त्यसक्रममा उनले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको आवश्यक्ता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्य दल बनाउने पहिलो निर्णय पनि गरेका छन्।

विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङदेनले बताए।

उनले भने, ‘हामीले यो मन्त्रालय अन्तगत हुने कामहरुको बारेमा योजनावद्ध ढंगले कामलाई अगाडि बढाउनका लागि विगतमा भएका कामहरुको अनुभव समेतलाई ध्यानमा राखेर ती सबैलाई अध्ययन गर्दै आगामी ५ वर्षमा ऊर्जा, जलस्रोत र सिंचाईको क्षेत्रमा हामीले योजनावद्ध ढंगले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरु के के हुन? र, कसरी हामी अगाडि जान सक्छौ? हाम्रो आवश्यक्ता र प्राथमिकताहरु निर्धारण गर्न र पाँच वर्षे एउटा रणनीतिक योजना बनाउनका लागि एउटा कार्य दल बनाउने निर्णय अहिले गरेका छौं। तीन सदस्यीय कार्यदल बनाएका छौं।’

प्रकाशित: ३ माघ २०७९ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App