६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सुरक्षा निकायले पोखरा नजान प्रधानमन्त्री टीमलाई दिए सुझाव, भ्रमण स्थगित

प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने पोखरा जाने कार्यक्रम स्थगित भएको छ।

यति एयरको विमान दुर्घटना भएको दुर्घटनास्थलको अवलोकनका लागि उनीहरू पोखरा जान लागेका थिए।  

दुर्घटना स्थलको अवलोकन गर्न प्रधानमन्त्री दाहाल, गृहमन्त्री लामिछाने र अर्का उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा जाँदा ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थामा उद्धारकार्य प्रभावित हुनसक्ने भएकोले सुरक्षा निकायको सुझाव अनुसार रद्द गरिएको छ।

आज काठमाडौंंबाट पोखरा गएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।  

प्रकाशित: १ माघ २०७९ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App