२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु

मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो।

आज बिहान पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए।

बैठकमा दुर्घटनाबारे छलफल गरिने र आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय हुने बताइएको छ। 

मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलस्थित कन्ट्रोल रुममा पुगेर विमान दुर्घटनापछिको उद्धारको अवस्थाको बारेमा जानकारी लिएका थिए।

काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।  

प्रकाशित: १ माघ २०७९ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App